रिलायन्स आगोलागीःएक मजदुरको सनाखत,नौं घाइते भएको पुष्ठी
गुगलपाटी संवाददाता वीरगन्जबाराको मनहरवास्थित रिलायन्स सुगर मिलमा उखुको रस भरिएको ट्याङ्की फुटेर भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् ।मङ्गलबार बिहान ११ बजेतिर भएको दुर्घटनामा एक जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ । भारतीय नागरिक राम सेनाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक भुवनेश्वरप्रसाद साहले बताए ।सेनाइ सो उद्योगमा कार्यरत मजदूर भएको बताइएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको बाराको कलैया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।घाइतेमध्ये ८ जनाको वीरगञ्जको नेशनल मेडिकल कलेज र एकजनाको कलैया अस्पतालमा उपचार भइरहेको छ । उद्योगको १० हजार लिटर क्षमताको उखुको रस राख्ने ट्याङ्की फुटेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।