आजका पत्रपत्रिकाः रेक्ट्रोफिटिङ कुर्दै हजारौं घर
गुगलपाटी संवाददाता३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज हेटौंडामा बिहीबारबाट सुरु हुने भनेको मेला वर्षाका कारण स्थगित भई दुई दिन पर धकेलिएको, उत्तरी मकवानपुरको विभिन्न स्थानमा भारी हिमपात भएको, अधिकारी र बज्राचार्यको शोकसभा, आर्मीले दूध नकिन्दा उद्योगलाई चुनौतीलगायतका समाचार आजका दैनिक पत्रिकाले छापेका छन् ।
ग्त २०७२ सालमा आएको महाभूकम्पबाट आंशिक क्षति भएका एघार हजारभन्दा बढी घरहरुको रेक्ट्रोफिटिङ कार्य अझै सुरु हुन सकेको छैन । यो समाचार आजको हेटौंडा सन्देश दैनिकले छापेको छ ।
भूकम्प गएको करिब ४ वर्ष बित्न लागिसक्दासमेत रेक्ट्रोफिटिङको काम अघि बढाउन नसकेपछि भूकम्पपीडित जोखिमपूर्ण आवासमै बस्न बाध्य रहेका छन् । हालसम्म एउटै पनि आवास पूर्ण रुपमा रेक्ट्रोफिटिङ भएको छैन ।
४ हजार ४ सय ३५ लाभग्राहीले पहिलो किस्ताको लागि प्रवलीकरणको लागि सम्झौता गरेका छन् ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ