आजका पत्रपत्रिकाः सुरुङमार्ग निर्माणमा प्रदेश सरकारलाई निजीको चुनौती

गुगलपाटी संवाददाता
२५ फाल्गुन २०७५ ०२:२२

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले राष्ट्रिय क्रिकेट टोलीलाई हेटौंडामा अभिनन्दन गरिएको, सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने मुख्यमन्त्री डोरमणि पौडेलको भनाइ,अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको र ४७ जना महिला सम्मानित भएको, ट्रिपरको भार मिलान थालिएकोलगायतका समाचार प्राथमिकताका साथ छापेका छन् ।

हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माण गर्न निजी क्षेत्रले काम थाल्ने भएको र आफैं सुरुङमार्ग बनाउने भन्ने प्रदेश सरकारको निर्णयलाई ुचनौती थपिएको समचार आजको हेटौंडा सन्देश दैनिकमा प्रकाशित भएको छ ।

३ नम्बर प्रदेश सरकारले सुरुङमार्ग निर्माण गर्न लागेको पूर्वाधार विकास कम्पनीसँगको सम्झौता खारेज गर्न केन्द्र सरकारलाई पत्राचार गरे पनि अन्ततः पूर्वाधार विकास कम्पनीले नै काम थाल्ने भएको हो । पूर्वाधार विकास कम्पनीले आगामी चैत ९ गते विशष साधारणसभा बोलाएर पावर चाइना कम्पनीको लगानी भित्राएर काम सुरु गर्ने जनाएको छ ।

हेर्नुहोस् आजका दैनिक पत्रिकाहरुको पहिलो पृष्ठ