औद्योगिक व्यापार मेलाको समापन समारोह आज, मेला भने भोलिसम्म चल्ने

गुगलपाटी संवाददाता
२८ फाल्गुन २०७५ ०२:५९

हेटौंडा–हेटौंडा–५ स्थित क्याम्पाचौरमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको समापन समारोह आज हुने भएको छ ।

फागुन १८ गतेदेखि सुरु भएको मेला आजसम्म हुने भनिएता पनि अवलोकनकर्ताको चापलाई मध्येनजर गर्दै एक दिन थप गरिएको छ । मेलाको समापन कार्यक्रम आज राखिए पनि मेला भने भोलि फागुन २९ गतेसम्म सञ्चालन हुने आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

नेपाली काँग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा मेलाको समापन समारोह गर्न लागिएको संघका सचिव तथा प्रवक्ता काव्यमिण अधिकारीले जानकारी दिए ।

फागून १८ गते प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले मेलाको उद्घाटन गरेका थिए । मेलामा सोमबारसम करिब ३ करोडको कारोबार भएको र करिब एक लाख जनाभन्दा बढीले अवलोकन गरेको संघका प्रवक्ता अधिकारीले बताए ।

कृषि तथा औद्योगिक उत्पादनलाई सहज ढंगले उपभोक्ता समक्ष पु¥याउँदै आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यले राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरिएको हो । मेलामा मकवानपुरका चेपाङहरुले खाने गिट्ठा, भ्याकुर जस्ता स्थानीय तथा मौलिक वस्तुहरुको प्रदर्शनी, पञ्चेबाजा, खैंजडी भजन जस्ता स्थानीय संस्कृति, भेषभुषाहरुको प्रदर्शनका साथै स्थानीय जातका माछा तथा कृषि उपजहरुको प्रर्दशनी तथा बिक्रीका लागि राखिएको छ । लघु तथा घरेलु उद्यम, हस्तकला, औद्योगिक बस्तु तथा सेवाहरुको प्रवद्र्धन गर्न पनि मेला सहयोगी हुने आयोजकको दाबीे छ ।

मेलामा ३ नम्बर प्रदेशका १३ जिल्लाका कृषि, घरेलु तथा औद्योगिक उत्पादनलाई विशेष प्राथमिकता दिँदै चारसय वटा स्टल राखिएको छ । मेलामा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती भइरहेको छ । हात्ती शयर, हेलिकोप्टरबाट हेटौंडाको दृश्यावलोकन गराइएको थियो । मेलामा परम्परा र संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ पञ्चेबाजा प्रतियोगिता समेत आयोजना गरिएको थियो मेलामा परम्परागत रोटे पिङ पनि खेल्न पाइनेछ ।

माछा प्लानको पोखरीमा डुङ्गा शयर गराउने व्यवस्था पनि गरिएको छ । मेलाको अर्को आकर्षण हेटौंडा आइडल पनि भइरहेको छ । . ‘हेटौंडा आईडल’को अन्तिम छनौट भोलि २९ गतेनै हुने बताइएको छ .।

आइडलमा प्रथम हुनेले नगद ३५ हजार र पाँच हजार बराबरको चन्द्रगिरी केबलकार टिकेट, द्धितिय हुनेले नगद २५ हजार र पाँच हजार बराबरको चन्द्रगिरी केबलकार टिकेट , तृतिय हुनेले नगद १५ हजार र पाँच हजार बराबरको चन्द्रगिरी केबलकार टिकेट प्राप्त गर्नेछन् ।