न्यौपानेको ‘फूलको विद्रोह’ आउँदै

गुगलपाटी संवाददाता
३० फाल्गुन २०७५ १०:४०

हेटौंडा– दशकअघिदेखि मकवानपुरमा क्रियाशील साहित्यकार अनिता न्यौपानेको कविता संग्रह फूलको विद्रोह सार्वजनिक हुँदैछ । न्यौपानेको फूलको विद्रोह पहिलो कृति हो ।

साहित्य सङ्गम मकवानपुर र आँचल साहित्य कला पुञ्जको उपाध्यक्ष रहेकी न्यौपानको कविता सङ्ग्रह काठमाडौंमा रहेको मञ्जरी पब्लिकेशनले प्रकाशित गरेको छ । कृतिको २०७५ चैत २ गते काठमाडौंको नेपाल प्रज्ञा प्रष्तिठानमा विमोचन हुने भएको छ ।

कृति पठनिय र शसक्त रहेकाले प्रकाशित गरिएको मञ्जरी पब्लिकेशनका प्रमुख कृष्ण अविरलले जानकारी दिए । समाजका यावत कुरालाई सचेतता पूर्वक कविता मार्फत कविले व्यक्त गरेकाले पाठकको रोजाइमा पर्ने उनको भनाइ छ ।
कविता सङ्ग्रहको विमोचन साहित्यकार तथा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल) ले गर्ने अविरलले जानकारी दिए । एकसय २१ पृष्ठ रहेको सङ्ग्रहमा ४५ वटा कविता रहेका छन् ।

कविता सङ्ग्रहपछि निबन्ध र उपन्यासको तयारी भइरहेको कवि न्यौपानेले जानकारी दिइन् । निबन्ध सङ्ग्रह अन्तिम तयारीमा रहेको र उपन्यास लेखनकै क्रममा रहेको उनले बताइन् । कविता विमोचन समारोहमा उपस्थितिमा भइ हौसला बढाइदिन कवि न्यौपानेले साहित्यकार तथा साहित्यप्रेमी सम्पूर्णलाई आग्रह गरेकी छिन् ।