मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प

गुगलपाटी संवाददाता
४ चैत्र २०७५ ०४:२२

काठमाडौं– मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

सोमबार विहान ९ बजेर २ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौंलगायत मकवानपुर आसपासका क्षेत्रमा पनि महशुस गरिएको थियो। यो नयाँ भूकम्प नभइ २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पकै पराकम्पन भएको केन्द्रको भनाइ छ ।