हेटौंडामा क्षितिज यात्राको बिमर्श

गुगलपाटी संवाददाता
९ चैत्र २०७५ १४:३२

हेटौंडामा शनिबार साहित्यकार विश्वनाथ सञ्जेलले आफ्नो रचनाहरु सुनाएका छन् । साहित्य संगम मकवानपुरको दुईसय ८२ औ साहित्य सन्ध्यामा विषेश सर्जक रहेका सञ्जेलले आफ्नो रचनाहरु वाचन गरेका हुन् ।
मकवानपुरको छतिवन निवासी सञ्जेलको मुक्तक संग्रह क्षितिज यात्रा र पल पलको मुल्य गजल संग्रह बजारमा छ । तीनै कृतिहरुबाट उनले रचना वाचन गरेका हुन् ।
२८२ औ साहित्य सन्ध्या तथा साहित्यकार सञ्जेलद्वारा लिखित क्षिताज यात्रा मूक्तक संग्रहमाथिको बिमर्श कार्यक्रम साहित्यकार आनन्दराम पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । साहित्य संगम मकवानपूरकी उपाध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरू तुलसी थापा, आर सि रिजाल, रमेशमोहन अधिकारी, तुलसी घिमिरे, देबराज तिवारी, गितकार शम्भू प्रसाद बास्कोटा, झरना साहित्यिक परिवारका अध्यक्ष दिपक गौतम, साहित्य संगम मकवानपूरका निवर्तमान अध्यक्ष सुवास खनाल लगाएतको आतिथ्यता रहेको थियो ।
साहित्य संगमको २८२ औ सन्ध्यामा गणेश कूमार पौडेल, बिशाल तिमल्सिना, माधव भन्डारी, मेनू तिमल्सिना, अनिता अर्याल नेपाल, रामहरी चौलागाई, बिनोद तिमल्सिना, ब्यङ्ग्यकार सानूभाई बिश्वक्रर्मा लगायतले रचनावाचन गरेका थिए ।