३ नम्बर प्रदेशको संसदमा नेवारी भाषामा सम्बोधन
अमृत चिमरिया३ नम्बर प्रदेश सभाको वैठकमा पहिलो चोटी नेपाल (नेवारी) भाषामा सम्बोधन भएको छ । तत्कालिन विवेकशील साझाकी प्रदेश सभा सदस्य शोभा शाक्यले प्रदेश सभाको विशेष समयमा नेपाल भाषामा सम्बोधन गरेकी हुन् । नौं मिनेटको समय लिएर बोल्दै उनले आफ्नो कुरा नेवारी भाषामा राख्न थालेपछि एक छिन् हाँसो र उत्सकुताले भरिएको थियो । यद्यपी कुनै पनि प्रदेश सभा सदस्यले प्रतिक्रिया जनाएनन । केहि नेवारी भाषा जानेका सांसदहरुले भने आफ्ना सहकर्मी सांसदहरुलाई शाक्यले भनेका कुरा अथ्र्याउँदै थिए । ९ मिनेटको समयमा देशको समसमायिक विषय र ललितपुरको कला क्षेत्रको संरक्षण लगायत लगानी सम्मेलन सम्मको कुरा उठाएकी थिईन् ।