हेटौंडामा जारी जुत्ताचप्पल व्यापार मेलामा १ कारोड १० लाखको कारोबार

गुगलपाटी संवाददाता हेटौंडा
२१ चैत्र २०७५ ०९:१३

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको जुत्ताचप्पल व्यापार मेलामा हालसम्ममा १ कारोड १० लाखको हाराहारीमा कारोबार भएको आयोजक संघले जनाएको छ ।

फागुन २८ गतेबाट सुरु भएको मेला आज २४ दिनसम्म आइपुग्दा १ लाख दर्शकहरुले अवलोकन गरिसकेको छ । फुटवेयर म्यानुफ्याक्चर एशोसियशन अफ नेपालको सहभागितामा मेला भइरहेको छ ।

प्रदर्शनीमा पाटी सुज, स्पोर्ट सुज, स्कुल कलेज सुज, लेडिज चप्पल, हवाई चप्पल डिएमएस जुत्तालगायतका नेपालमै उत्पादन भएका विभिन्न कम्पनीका जुत्ता चप्पल राखिएको छ । मेला अझै २र३ दिनसम्म जारी रहने आयोजकले जनाएको छ ।