संरक्षण खोज्दै भीमफेदीका ऐतिहासिक धरोहरहरु (फोटो फिचर)
गुगलपाटी संवाददाताभीमफेदीः भीमफेदी गाउँपालिका नेपालको ऐतिहासिक संग प्रत्यक्ष महत्व राख्ने गाउँपालिका हो । मकवानपुर जिल्लाको पुरानो सदरमुकाम समेत रहेको भीमफेदी राणा देखि राजाहरुको नजरमा परेको ऐतिहासिक नगरीको रुपमा परिचित छ ।
काठमाडौं उपत्यकामा सवारी साधनबाट विशेष अतिथिहरु भीमफेदी हुदै लैजाने गरेको इतिहास रहेको छ । प्रजातन्त्र अघिको शासनकालमा भारतको बाटो हुँदै आयातित गरिने सामाग्रीहरु काठमाडौं भित्र्याउने एउटा मात्रै मार्गको रुपमा भीमफेदीका बाटो प्रयोग हुने गरेको थियो ।
हाल भीमफेदीमा रहेको ऐतिहासिक धरोहरहरु भग्नावशेषको रुपमा परिणत हुन थालेको छ । नेपाल सरकारले ऐतिहासिक धरोहर संरक्षणमा चासो नदिँदा सम्पदाहरु मासिदैं गएका छन् । भीमफेदीमा रहेको हात्तिसार, गोदाम घर, पुरना शतलहरु, पुराना शैलीका घर तथा बजार मासिंदै गएको छ । यो विषयमा गाउँपालिकाको पनि खासै ध्यान नगएको देख्न सकिन्छ ।
भीमफेदीको हात्तिसारको वरिपरि गाँजाको विरुवाहरु प्रशस्त उम्रेका छन् । स्थानीय युवाहरुले साँझ पख लागु पदार्थ(गाँजा) प्रयोग गरेर फालेको दानाबाट विरुवा उम्रेको र यस विषयमा इलाका प्रहरी कार्यालय भीमफेदीले पनि चासो नदेखाएको देखिन्छ ।