खुर्पा प्राहार गरी श्रीमाणको हत्या

गुगलपाटी संवाददाता बनेपा
२४ चैत्र २०७५ ०८:३६

 सँगै बसेर मादक पदार्थ सेवन गरी भएको झगडामा श्रीमतीले खुर्पा प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपी की ५५ वर्षीया लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङलाई खुर्पा प्रहारी गरी हत्या गरेकी हुन् ।

सुकरामलाई उपचारका लागि अस्पताल लैजाने क्रममा शनिबार मृत्यु भएको हो । खुर्पा प्रहारबाट सुकरामकी ७० वर्षीया फूपु कान्छीमाया गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् । उनी बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारपछि घर फर्केकी छिन् । प्रहरीले हत्यामा संलग्न लालीमायालाई पक्राउ गरेको छ ।