धरानमा दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३५ जना घाईते
गुगलपाटी संवाददाता काठमाडौं२५ चैत्र २०७५ ०९:४२
धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा ब्रेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ । घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।