प्रधानमन्त्री ओली विरुद्ध युवाहरुको नाराबाजी
गुगलपाटी संवाददाता काठमाडौंसर्वोच्च अदालतको अन्तरिम आदेशसँगै जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन बन्द गरेपछि युवाहरुले नारबाजी गरेका छन् ।
हालै मात्र गृह मन्त्रालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन परिपत्र गरेपश्चात त्यसआधारमा स्थानीय प्रशासनले नागरिकता दिन थालेको थियो । तर, सर्वोच्चले आइतबार मात्र अन्तरिम आदेश दिँदै तत्कालका लागि गृहको परिपत्र कार्यान्वयन गर्न रोक लगाएको छ ।
नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।
महेन्द्रचोकमा जम्मा भएका युवाहरुले केपी ओली मुर्दाबाद, गृहमन्त्री, राजीनामा दे लगायतका नारा लगाएका हुन् ।