गोरखा बारपाक सुलिकोट गाँपालिकामा बैशाख १२ गते सार्वजनिक बिदा

गुगलपाटी संवाददाता गोरखा
२६ चैत्र २०७५ ०७:४९

वैशाख १२ गतेको गोरखा भूकम्पको स्मृतिमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । २०७२ बैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो दिन गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु बिदाँ हुने गाउँपालिकाले जनाएको छ ।
गोरखा भूकम्पबाट बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।यही चैत २३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।