कसले राख्यो वीरगन्जमा बम

गुगलपाटी संवाददाता वीरगंज
६ बैशाख २०७५ ११:४५

वीरगंज महानगरपालिका कार्यालयमा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलिले नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र वीरगंज महानगरपालिकाको नगर प्रहरीको सहयोगले निस्क्रिय गरेको छ । अज्ञात समुहले राखेको उक्त शंकास्पद बस्तु टिफिन बम रहेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सालाई विशेष श्रोतबाट जानकारी प्राप्त भए पछि नगर प्रमुखको कार्यालयमा खोज तलास गर्दा कार्यकक्षको आगाडि रहेको भर्‍याङ्ग तल रातो झोला भित्र पोका पारेर राखिएको अवस्थामा बम फेला परेको थियो । उक्त बस्तुलाई नेपाल प्रहरीले वीरगंज महानगरपालिकाको नगर प्रहरीको सहयोगमा नगरपालिका कार्यालयको बगैचाको खुल्ला स्थानमा पुर्याए पछी नेपाली सेनाले निस्क्रिय गरेको हो ।नेपाल सेनाबाट आएको बम डिस्पोजल टोलिले नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नगर प्रहरीको सहयोगमा बमलाई निस्क्रिय गरेको छ ।

त्यसैगरी वीरगंज स्थित नारायणी यातायात कार्यालयमा पनि एउटा शंकास्पद बस्तु फेला पारेको छ । उक्त बस्तु पनि बम भएको बुझिएको छ । उक्त बस्तुलाई नेपाली सेनाले नेपाल प्रहरी र ससस्त्र प्रहरी बलको सहयोगमा निस्क्रिय परेको थियो ।