पूर्व सांसद एवम् उद्योगपति दिवाकरको दुखद निधन
गुगलपाटी संवाददाता काठमाडौंपूर्व सांसद एवं उद्योगपति दिवाकर गोल्छाको दुखद निधन भएको छ । मृगौला सम्बन्धी समस्याबाट पीडित उनी मंगलबार राति भारतको चेन्नईमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय गोल्छा २०६४ को संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभाषद् थिए ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले उनको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाउनु परेको बताएका छन् ।