जीप दुर्घटनामा पुर्वसांसद सहित दुईजनाको मृत्यु
गुगलपाटी संवाददाता गुल्मीबिहीबार बिहान गुल्मीमा जीप दुर्घटना हुँदा पूर्वसांसदसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी पूर्वसांसद रूद्रमणि भण्डारी र अर्का यात्रु रोशन बिकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाको मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका९१ पौदीअमराईमा दुर्घटनामा परेको हो।
२०४८ सालमा गुल्मी —३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका भण्डारीको मृत्यु भएकोे हो ।
सडकबाट १ सय मिटरभन्दा तल खसेको जीपमा ८ यात्रु घाइते भएका छन। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।