सांसद लिङ्देललाई फोन मार्फत धम्की दिने र फिरौती माग्ने भारतिय आधारकार्ड सहित पक्राउ
गुगलपाटी संवाददाता काठमाडौझापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद राजेन्द्र लिङ्देनलाई फोनमार्फत फिरौती माग्ने तथा मार्ने धम्की दिनेलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले झापा कचनकवल गाउँपालिका वडा नं. ३ पथरियाका २९ वर्षीय तिलकदास पराजुली र हुम्ला सर्केगाड गाउँपालिका वडा नम्बर ७ का प्रदीप रोकायालाई नियन्त्रणमा लिएको ब्युरोका एसपी उमा शंकर चतुर्वेदीले जानकारी दिए।
मंगलवार जिल्ला अदालत काठमाडौँबाट तीन दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। पराजुलीको साथमा प्रहरीले भारतीय आधार कार्डसमेत फेला परेको जनाएको छ।