भारतमा तीन नेपाली मृत फेला
गुगलपाटी संवाददाता काठमाडौंकामका लागि भारत गएका तीन जना नेपाली मृत अवस्थामा फेला परेका छन् । रोजगारीको का भारतमा गएका उनीहरु मृत फेला परेका हुन् ।
दाङ शान्तिनगर गाउँपालिका २ घर भएका २३ वर्षीय नोखिराम भण्डारी र २१ वर्षीय प्रकाश वली चैत १० गते भारतको कुल्लु मनालीको भिरमुनि मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ। दुई जना मृत फेला परेको १५ दिनपछि सोही स्थानमा २४ वर्षीय पूर्णबहादुर वलीको शव फेला परेको थियो।
गत मंसिर १४ गते शान्तिनगर गाँउपालिका २ अमुवाका २२ वर्षीय इन्द्रबहादुर बिक, छायाक्षेत्र गाउँपालिका ३ दिपाखाना सल्यानका २९ वर्षीय सेवक थापा र उनकी श्रीमती २२ वर्षीय अमृता थापा समेत ६ जनालाई साथमा लिई शान्तिनगर गाउँपालिका २ अमुवा वस्ने ४६ वर्षीइ जाइफली मिया (मेट) ले लेबर कामका लागि भारत हिमाचल प्रदेशको कुल्लु मनाली लगेको खुलेको छ।
घटनाको सम्बन्धमा सत्यतथ्य बुझ्न ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी अधिकृतसहित, स्थानीय जनप्रतिनिधि र पीडित परिवारका सदस्यहरु भारततर्फ जाने तयारीमा रहेको दाङ विनोदविक्रम शाहले जानकारी दिए।