वाग्मतीमा मोटरबोट परिक्षण

गुगलपाटी संवाददाता
१ बैशाख २०७६ १२:५२

मकवानपुर : मकवानपुरसँगै चार जिल्लामा मोटरबोटबाट यात्र गर्न पाउने भएका छन् । मकवानपुरको वाग्मती गाउँपालिका २ राईगाउँदेखि रौतहतको नुनथरसम्म मोटरबोट सञ्चालनको लागि परीक्षण गरिएको हो ।
रौतहटको नुनथरमा आज एक कार्यक्रमकाबीच अर्थ तथा विकास समितिका सभापति तथा प्रतिनिधिसभा मकवानपुर १ का संसद कृष्ण प्रसाद दाहालले उद्घटान गरे । सभापति दाहालले मोटरबोटबाट मकवानपुरको बाग्मती,सिन्धुलीको हरिहरपु,रौतहको बाग्मती र सर्लाहीको चन्द्रनिगाहपुर नगरपालिकाका स्थानीय मोटरबोटबाट लाभान्वीत हुने बताए ।
उद्घाटन गर्दै सभापति दाहालले बाग्मती सभ्यताको नदी भएको भन्दै माछापालन र जलमार्गले पर्यटन प्रर्वद्धन तथा जल यातायातमा टेवा पुग्ने बताए । उनले बाग्मती गाउँपालिकामा रहेको संस्कृती, तथा समाजिक विकास, बाग्मती गाउँपालिकामा उत्पादन भएको खाद्य बस्तु, तरकारी लगायतको ढुवानीमा जल यातायातले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
नुनथर देखि ७ किलोमिटर मकवानपुरको बाग्मती तर्फ चल्ने मोटरबोटको लागि हाल एउटा मात्रै मोटरबोट राखिएको छ । संसदकोषको २० लाखको बजेटले नदीमा रहेका अग्ला ढुङ्गाहरु, अवरोधहरु हटाउने तथा राईगाउँमा स्टेशन निर्माणमा खर्च गरिने दाहालले बताए ।


बाग्मती जल यातायात उपभोक्ता समितिकी अध्यक्ष रीता घिमिरेको सभाध्यक्षतामा भएको परिक्षण कार्यक्रममा ३ नम्बर प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी,नेकपामा केन्द्रीय सदस्य केदार न्यौपाने, मकवानपुरको बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलान,भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा,बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, नेकपा मकवानपुरका नेता कमान सि पाख्रिन लगागतकाको उपस्थिती रहेको थियो ।