बिपन्न विद्यार्थीलाई गाउँपालिकाले निशुल्क पढाउने

गुगलपाटी संवाददाता हेटौंडा
४ बैशाख २०७६ ०६:११

मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकाले बिपन्न अभिभावककका छोराछोरीलाई निशुल्क पढाउने भएको छ । गाउँ शिक्षा समितिको आज बसेको बैठकले आफुले पढाउन नसक्ने जानकारी गराएमा त्यस्ता अभिभावकका छोरा छोरीलाई गाउँपालिकाले पढाईदिने निर्णय गरेको हो ।

‘गाउँपालिका भित्र आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन नसकेको अवस्थामा गाउँपालिकाले अभिभावकत्व लिई निशुल्क पठनपाठन व्यवस्था मिलाउने घोषणा गरेका छौं’, गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने, ‘आफुले पनि छोराछोरी विद्यालय भर्ना नगर्ने र गाउँपालिकालाई पढाउन नसकेको जानकारी पनि नदिनेहरुलाई गाउँपालिकाले दिने सेवा सुविधाबाट समेत बन्चित गर्नसक्ने निर्णय गरेका छौं ।’

विद्यार्थी भर्नाको लागि गाउँपालिकाले विपन्न चेपाङ तमाङ्ग सारा, शिक्षा दिने राक्सिराङ्गको अभिभारा र राक्सिराङ्गको अपेक्षा सबैमा पुर्याउ शिक्षा स्थानीय नारा तय गरेको छ ।

विद्याथलय भर्ना अभियान निम्न समयमा निम्न स्थानमा हुने गाउँपालिकाले जनाएको छ ।
२०७६ बैशाख १० गते श्री राष्ट्रिय मा.वि., सिलिंगे
२०७६ बैशाख ११ गते श्री प्रजा प्रगति नि.मा.वि., कुडुले
२०७६ वैशाख १५ गते श्री कालिका मा.वि., खैराङ्ग
२०७६ वैशाख १६ गते श्री कालिका मा.वि., राक्सिराङ्गराक्सिराङ गाउँपालिकाले