मानसिक रोगी: जथाभावी छुरा प्रहार गरी ५ जनाको हत्या
गुगलपाटी संवाददाता सोलदक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तिमा ५ जना नागरिकको हत्या गरिएको छ ।
मारिनेमा सर्वसाधारण नागरिक परेका छन् । अरु १३ जना छुरा प्रहारबाट घाइते भएका छन् ।
एक जना स्थानीयले आफ्नो अपार्टमेन्टमा आगो लगाएको र आगो लागेपछि भाग्ने क्रममा भाग्न खोज्ने नागरिकलाई छुरा हानिएको बताइएको छ । उनी बेरोजगार व्यक्ति भएकाले उनमा निराशा रहेको देखिएको छ । प्रहरीले उनको स्वास्थ्य रिपोर्ट भेटेको र ती व्यक्तिमा मानसिक रोग रहेको पाइएको पनि अधिकारीले जानकारी दिएका छन् ।
सो अपार्टमेन्टको चौथो तल्लामा १ जना ४२ वर्षीय स्थानीय बस्ने गरेका थिए । अपार्टमेन्टको आफू बसिरहेको तल्लामा आगो लगाएर भागेका थिए ।
उनी भाग्ने क्रममा सो अपार्टमेन्टको भूइँतल्लाको प्रतिक्षालयमा बसिरहेका मानिस भाग्न खोजेका र भाग्ने क्रममा उनीहरुमाथि नै छुरा हानिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरू सो अपार्टमेन्टमा बसोबास गरिरहेका व्यक्ति भएको खुलेको छ । उनीहरूमध्ये ५ स्थानीयलाई छुरा हानी घटनास्थलमै हत्या गरिएको थियो । यसरी मारिनेमा १ जना १३ वर्षीया बालिका पनि रहेकी छिन् ।
त्यसैगरी मारिनेमा २ जना ७० वर्षका, १ जना ६० वर्षका नागरिक र अर्का १ जना ३० वर्षका रहेका खुलेको पनि समाचारमा जनाइएको छ ।
उनले सो अपार्टमेन्टमा लगाएको आगो करीब २० मिनेटपछि निभाइएको थियो । ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको थियो । उनले आफूले गल्ती गरेको स्वीकार गरेका छन् ।