कलिउड सुपर डान्स एण्ड फिट्नेस सञ्चालनमा
गुगलपाटी संवाददाता हेटौंडावि. स २०५८ सालबाट हेटौंडामा डान्स कक्षा सञ्चालन गर्दै आईरहेकोे र ०६२ बाट दर्ता गरि आफ्नो कामलाई निरन्तरता दिदैं मकवानपुरमा एउटा बेग्लै पहिचान बनाएको छ मकवानपुर कलिउड कला केन्द्रले ।
यति लामो समय निरन्तर लागिपरेका हेटौंडेली सुजन श्रेष्ठले उक्त केन्द्रलाई अब फिटनेस पनि थप गरि प्रा.लिको रुपमा आजबाट सञ्चालनमा ल्याएका छन्, । कलिउड सुपर डान्स एण्ड फिट्नेस प्रालिको आज एक कार्यक्रमको आयोजना गरि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन । उद्घाटन गरेर अवलोकन गरेपछि शुभकामना दिदैं उनले हेटौंडाको विभिन्न फिटनेस भन्दा यो अत्याधुनिक रहेको र धेरै ठुलो को साथमा नमुनालायक रहेको बताए । आफुले प्रत्येक वडामा फिट्नेस सेन्टर राख्नुपर्ने भनाई राख्दै आएको अवस्थामा अहिले टोलटोलमा नै फिटनेस सेन्टर सञ्चालनमा आएको समेत बताए ।
कार्यक्रममा बोल्दै शारिरीक सुगठनका राष्ट्रिय खेलाडी महेश महर्जनले शरिर स्वस्थ राख्न व्यायाम गर्नुपर्ने बताए । शरिरलाई फुर्तिलो बनाउन व्यायाम आवश्यकता रहेको बताए । खेलाडी महेश महर्जन १० औ विश्व वडि विल्डरका विजेता समेत हुन्, ।
हेटौंडाको हुप्रचौरमा सञ्चालनमा ल्याएको डान्स र फिटनेस निर्माणमा १ करोड ५० लाख लगानी रहेको प्रालिका अध्यक्ष सुजन श्रेष्ठले बताए । डान्स गर्न आउने विद्यार्थीको डान्स अवधिभरको लागि १ लाखको विमा समेत गरिने व्यवस्था रहेको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा प्रा.लिका सल्लाहकार आनन्दराम पराजुली, भिमसेन महत, मकवानपुर खेलकुद विकास समितिका उपाध्यक्ष दिपेन्द्र ढकाल, सदस्य सुनिल लोप्चन, जर्मन नागरिक विल्मा महर, मकवानपुर शारिरीक सुगठन तथा फिटनेस संघका अध्यक्ष शिवकुमार कार्की, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रमोदसिं रानाभाट,युवा व्यवसायी राजेश भेटुवाल, मामाघर नेपालका संचालक अपर्ण पराजुली, फिटनेस च्वाइसका उत्तम सिलवाल,श्याम न्यौपाने लगायतकाले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा मामाघर नेपाललाई मकवानपुरका विभिन्न कल्चर केन्द्रहरुबाट संकलित आठ हजार रुपैया हस्तान्तरण समेत गरिएको थियो । प्रालिका अध्यक्ष श्रेष्ठले खेलाडी महेश महर्जनलाई ५० हजार नगद दिने समेत घोषणा गरेका थिए ।