विस्फोटक पर्दाथसहित रोल्पाका दुईजना पक्राउ

गुगलपाटी संवाददाता काठमाडौं
५ बैशाख २०७६ १०:०१

 विस्फोटक पदार्थसहित प्रहरीले रोल्पाबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ बर्जीवाङ बस्ने ३७ वर्षीय खहीराम महरा र लुंग्री गाउँपालिका–५ बस्ने ३४ वर्षीय जितबहादुर बिष्ट छन्। पड्काउन तयारी अवस्थामा रहेको बाल्टिन १ थान र बम बनाउन प्रयोग गरिने गन्धक १ किलोसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

        विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी टोलीले      उनीहरुलाई उक्त विस्फोटक पदार्थसहित फेला पारेको थियो।