रापरा र सरकारबीचको वार्ता टुगिंयो
गुगलपाटी संवाददाता काठमाडौंकानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्ता सैद्धान्तिक विषयमा छलफल नै नगरी टुंगिएको छ । धर्म निरपेक्षता खारेजी लगायतका २२ बुँदे माग राखेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच मंगलबारको वार्ता सकिएको छ । वार्ताको अर्को मिति पनि तोकिएको छैन । राप्रपाका वार्ता टोली सदस्य राजेन्द्र लिंदेन भने मंगलबारको वार्तामा सहभागी भएनन् ।
वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानूनमन्त्री भानुभक्त ढकालले संघीय लोकतानित्रक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेका थिए । वार्तापछि पत्रकारसँग कुरा गर्दै उनले संविधानमा भएका व्यवस्थामा सरकारले सम्झौता नगर्ने भन्दै संविधानको व्यवस्था अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेको बताएका छन् ।
राप्रपाका तर्फबाट वार्ता टोली संयोजक दीपक बोहराले सैद्धान्तिक विषयमा पुन छलफल गर्ने सहमति गर्दै आजको वार्ता सकिएको बताए । ‘आज हामीले २२ सूत्रीय मागका विषयमा कुरा राख्यौं, सरकारले पनि तपाईहरुले उठाउनुभएको धेरै कुरामा विचार गर्छौं भनेको छ, धर्म निरपेक्षता खारेजी, गोलमेच सम्मेलनजस्ता नीतिगत विषयमा पुनः छलफल गर्ने सहमति भएको छ’ बोहराले भने ।
अर्को बैठकको मिति नतोके पनि ४र५ दिनमा बस्ने उनले बताए । सरकारसँगको वार्तापछि राप्रपाले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ ।
वार्तामा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र राप्रपाका तर्फबाट वरिष्ठ नेता दीपक बोहरा र निरञ्जन थापा सहभागी भएका थिए ।