मदिरा व्यवसायी संघको अध्यक्षमा पौडेल

गुगलपाटी संवाददाता
१४ बैशाख २०७६ १२:४९

हेटौंडा : जिल्लामा रहेर मदिराजन्य पदार्थको कारोवारमा रहेका व्यवसायीहरुको संस्था मदिरा व्यवसायी संघको अध्यक्षमा सर्वेन्द्र पौडेल निर्वाचित भएका छन् । हेटौंडामा आज भएको संघको ७ औं बार्षिक साधारणसभा तथा तेश्रो अधिवेसनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय समिती सर्बसम्मत चयन गरेको हो ।
तिनबर्षे कार्यकालका लागि उनीसँगै संघको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महासचिव दिपक खत्री, सचिव दिनेश खड्का र कोषाध्यक्ष बिनोद कट्टेल निर्वाचित भएका छन् । संघको सदस्यमा भरतकृष्ण श्रेष्ठ, जेकी केशरी, बिष्णुप्रसाद सापकोटा, शिव श्रेष्ठ, इश्वरकुमार श्रेष्ठ र कृष्ण बस्नेत निर्वाचित भएका छन् ।

 

नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष कृष्ण नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौंपाने, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौंपाने, मउवासंघका बाणिज्य तर्फका उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल र बस्तुगत उपाध्यक्ष रामप्रसाद न्यौंपानेको आतिथ्यता रहेकोे थियो । संघमा जिल्लामा मदिरा व्यवसायमा रहेका १ सय २ जना सदस्य रहेका छन् ।