कारागार भित्रै झुण्डिएर आत्महत्या

गुगलपाटी संवाददाता  दोलखा
१७ बैशाख २०७६ ११:०१

 दोलखामा एक ब्यक्तिले कारागारभित्रै झुण्डिएर आत्महत्या गरेका छन् । जिरी नगरपालिकाका, वडा नम्बर ९ ठुलोपातल घर भएका ३५ वर्षीय तस्बिर तामाङले कारागारको शौचालयभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् ।

तामाङलाई जिल्ला प्रहरी दोलखाले आफ्नै ३३ वर्षीया श्रीमती राममाया तामाङको हत्या गरेको अभियोगमा पक्राउ गरेको थियो । गत पुस ५ गते दोलखा जिल्ला अदालतले तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । चरिकोट कारागारमा एकपछि अर्को गर्दै आत्महत्याको घटना दोहोरिन थालेको छ ।

यस्तै गत माघमा पनि आफ्नै श्रीमती हत्या अभियोगमै कारागारमा रहेका एक युवकले पनि आत्महत्या गरेका थिए ।