भोलिबाटओम्याक्स हल संचालनमा

गुगलपाटी संवाददाता
१९ बैशाख २०७६ ०६:४५

हेटौंडा ,यही बैशाख २० गते  भोलि हुप्राचौरमा रहेको ओम्याक्स हल संचालनमा आउने भएको छ । करिब नौ महिना अघि आगलागी भई ध्वस्त भएको हल पूर्ण रुपमा निर्माण गरिएपछी संचालनमा आउन लागेको हो । करिब ३ करोड ४० लाख रुपैयाँ लागतमा हल निर्माण गरिएपछी संचालनमा ल्याउन लागिएको हलका संचालक तिर्थ प्रधानले बताउनुभयो ।

पहिलेको हलमा भन्दा अहिले पुर्ण रुपमा थप सुबिधा र क्षमतामा पनि बृद्धी गरिएको छ । अहिले निर्माण गरिएको हलमा लक्जरी सिट सहित ३ सय ९० जना बसेर हलमा फिल्म हेर्न सक्ने ब्याबस्था गरिएको उहाँले बताउनुभयो । बैशाख २० गते दालभात तरकारी फिल्म संचालन गर्दै पुन निर्माणपछीको हल संचालनमा ल्याउने तयारी भएको हलका अर्का संचालक नरेन्द्र महर्जनले बताउनुभयो ।

अहिले दुईवटा प्राजेक्टर राखिएको छ । भित्ता र सिलीङमा समेत साउन्ड सिष्टम राखिएको महर्जनले बताउनुभयो । पहिलेको तुलनामा पुन निर्माण गरिएको हलमा सबै सुबिधाहरु थप गरिएको छ । नयाँ प्रविधिको साउण्ड सिस्टमदेखि लिएर दर्शक बस्ने सिट समेतको स्वरुप परिवर्तन हुने भएको कारणले पहिलेनै हल संचालन गर्ने भनिए पनि ढिलाई भएको हो ।

मकवानपुरे दर्शकहरुको मन जित्न सफल भएको ओम्याक्स हल अब पुन नयाँ प्रविधि तथा नयाँ टेक्नोलोजीको साथ पुन सञ्चालनमा आउन लागेको महर्जनले जानकारी गराउनुभयो । हलको पुन निर्माणको पुरै काम भने अहिले सकिएको छ । परिवर्तन र सुविधा सम्पन्न पाउने सञ्चालक नरेन्द्र महर्जनको भनाई छ ।

महर्जनका अनुसार हल बन्द भएदेखि हरेक दिन हल कहिले बन्छ भन्दै दर्शकले प्रश्न गर्दै फोन गर्ने गरेको छ । अब भने लामो समय पश्चातको दर्शकको प्रतिक्षा सक्कीएको छ । गत महिना श्रावण २३ गते विद्युत लाइन मर्मत गर्ने क्रममा इलेक्ट्रिक सर्ट भएर हल आजलागी भएको थियो । जसमा ३ करोडको क्षती भएको थियो । २०६९ जेठबाट सञ्चालनमा आएको ओम्याक्स हल सुविधायुक्त ओम्याक्स हल निर्माण भएपछि महर्जनले नै सञ्चालन गर्दै आएको ओम सिनेमा हल भत्काइएको थियो । ओम चलचित्र हल २०४४ सालमा स्थापना भएको हो ।