बजारमा पाईने आँप नखान वागवानी विज्ञको सुझाव
गुगलपाटी संवाददाता हेटौंडाआँपलाई फलको राजा मानिन्छ । यो “भिटामिन ए“ को राम्रो स्रोत हो । यस बाहेक यसमा प्रचुरमात्रामा मानव शरिरलाई चाहिने अन्य तत्वहरु आँपमा पाइन्छ । नेपाल र भारतमा मात्र लगभग १०० भन्दा बढी प्रजातिका आँप पाइन्छन् ।
आँपका जातहरु मध्य पनि “सुखतारा“ भन्ने जात सवभन्दा छिटो जेष्ठ १५ पछि मात्रै पाक्न थाल्ने र त्यसपछि बम्बइया, गुलाबखास, जरदा जातका आँपहरु पाक्ने वागवानी विज्ञले वताए ।
सुखतारा सबै भन्दा छिटो पाक्ने आँपको जात हो । अहिले कुनै पनि जातको आँप काहीं पनि पाक्ने बेला भएको छैन । हाल वजारमा देखिएका आँप भारतको विभिन्त्र ठाउवाट नेपाल ल्याई बिक्रि वितरण गर्ने गरेको निलम जातको आँप हो । निलम जातको आँप नेपालमा भने भदौमा मात्र पाक्दछ ।
अहिले बजारमा आँप आइसकेको छ । उपभोक्ताहरु किनि उपभोग पनि गरिरहेको छन् । जेष्ठ १५ अगाडि कुनै आँप प्रकृतिक रुपमा पाक्न सक्दैन ।
यी आँपहरुलाई मानव शरिरमा हानिकारक मानिएको कार्वराईट राखी जबरजस्ती पकाईएको आँप हो र वजारमा कथित नाम बम्बइ दिई विक्री वितरण भैरहेको छ । यस्ता अखाद्य वस्तुको उपभोग मानव स्वास्थ्यका लागि हानिकारक भएको र नखान विज्ञले सुझाएका छन् ।
खाध्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय हेटौडाका प्रमुख सोमकान्त रिजालका अनुसार प्राय फलफुलहरु केरा तथा आँप पकाउन व्यावसायीहरुले कार्वराईड हाल्ने गरेको भए पनि वजारमा देखिएको बेमौसमी फल आँपमा कार्वराईड रहे — नरहेको अनुगमन नगरिएको वताए । कार्वराईड हालिएको भए उपभोक्ताले राम्रोसंग पखालेर बोक्र्रा फालेर खान अनुरोध गरे ।