सुतिरहेका ३ जनालाई नियन्त्रणमा लिई ६ लाख लुटेपछि
गुगलपाटी संवाददाता जनकपुरमहोत्तरीको जलेश्वरमा एक लुटेरा समुहले ६ लाख रुपैयाँ लुटपाट गरि फरार भएको छ । जलेश्वर नगरपालिका वडा नम्बर १० सारीगाउँमा आईतबार लुटेराहरुको एक समूहले लुटपाट गरेको हो । मास्कले मुक छोपेका लुटेराहरुले स्थानीय नविन ठाकुरको घरबाट ६ लाखभन्दा बढीको धनमाल लुटेको छ।
७ जनाको समूहमा आएका लुटेराले सुनचाँदीका गरगहना र नगद लुटेर लगेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार ठाकुरको एकतले घरमा रहेको झ्यालको रड तोडेर घरभित्र प्रवेश गरी लुटेराहरुले सुतिरहेका ३ जनालाई नियन्त्रणमा लिएर लुटपाट गरेको थियो ।
ठाकुरको घरबाट सुनचाँदीका गरगहना र नगद गरी ५ लाख ६९ हजार बराबरको धनमाल लुटेर लगेको जिप्रका महोत्तरीले जनाएको छ । यता प्रहरीले लुटेराहरुको खोजी भइरहेको जनाएको छ ।