चितवन – सिन्धुली औद्योगिक कोरिडोर : मुख्यमन्त्री पौडेल

गुगलपाटी संवाददाता
२३ बैशाख २०७६ १४:३१

हेटौंडा : नेपाल उद्योग परिसङघ ३ नम्बर प्रदेशको आयोजनामा हेटौंडामा स्वागत तथा परिचयात्मक कार्यक्रम भएको छ । उद्योग परिसघका ३ नम्बर प्रदेश अध्यक्ष ऋषि राम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री डोरमणी पौडेलले चितवन देखि सिन्धुली सम्म औद्योगिक कोरिडोअर बनाउने बताएका छन ।

३ नम्बर प्रदेश भित्र औद्योगिक क्षेत्रको बिस्तार र उधोग स्थापना गर्न उचित वातावरण निर्माण गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री पौडेलले बताए । कार्यक्रममा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल,आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक बिकास मन्त्री युवराज दुलाल, उद्योग परीसङघका अध्यक्ष सतिश मोर, उद्योग सघ मकवानपुरका अध्यक्ष नबराज अर्याल लगायत ३ नम्बर प्रदेशका उधोगीहरुको उपस्तिथि रहेको थियो ।