हुप्राचौरमा होइन, फरेष्ट्रिमा बनाउनु पर्छ प्याराफिटः भिमसेन महत
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडा रंगशाला निर्माण समितिका अध्यक्ष भिमसेन महतले हेटौंडाको लोकतान्त्रिक हुप्रचौरमा रंगशाला बनाउन नहुने भन्दै हुप्रचौरमा लगानी गर्ने भनिएको रकमले वनविज्ञान अध्ययन संस्थानको फरेष्ट्रि खेल मैदानमा प्याराफिट बनाउनु पर्ने बताएका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका महतले हुप्रचौरमा स्थानीय माग अनुसार नै खुल्ला मैदानको रुपमा राख्न पर्ने बनाउँदै प्याराफिट बनाउँदा स्थानीयहरुलाई प्रवेशमा समेत कठिनाई हुने बताएका हुने । विहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै महतले हेटौंडा ६ गौरिटारमा केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माण नेपाल सरकारले गर्ने भनिएता पनि निकै सुस्त भएको बताएका हुन् ।
उनले गौरिटारमा बन्ने प्रतिष्ठान खेलकुद विद्यालयको रुपमा बन्ने भएकोले उक्त स्थानमा मकवानपुरबासीले खेलकुद गतिविधि गर्ने भन्दा पनि राष्ट्रिय स्तरका बन्द प्रशिक्षणहरु हुने बनाउँदै मकवानपुरबासीको लागि हेटौंडा रंगशाला उपयुक्त भएको दाबी गरेका हुन् ।
महतका अनुसार हेटौंडा रंगशाला २०७३ असार ३ गते बसेको सर्वदलिय, सर्वपक्षिय भेलाले १७ सदस्ययी हेटौंडा रंगशाला निर्माण समिति गठन गरेका थियो । उक्त सकितिले वन विज्ञान अध्ययन संस्थानको पश्चिम राप्ती खोला र कर्रा खोलाको दोभान, करिब ४० प्रतिशत पहाडले घेरिएकोले प्राकृतिक प्यारिाफिट भएको उक्त क्षेत्रको नाप नक्सा गर्दा करिब १६ विगाह जमिन मध्ये ४ विगाहमा रंगशाला निर्माण गर्ने योजना आर्थिक अभावले स्थगित भएको थियो ।