विदेशीलाई गाँजा सुघाँएरै पैसा कमाइन्छ : केशव स्थापित
गुगलपाटी संवाददाताकाठमाडौंः प्रदेश तीनका प्रदेश सभा सदस्य केशव स्थापितले कृषिकै माध्यमबाट समृद्धिको बाटोमा जान सकिने बताएका छन् । सामुदायिक कृषिबजारको शनिबार उद्घाटन गर्दै सांसद स्थापितले हाट बजारले जिवन पाठशालाको काम गर्ने भएकाले सबैले पाठ सिक्न सक्ने बताए ।
’सामुदायिक बजार भएपछी झगडा हुन्छ,मेलमिलाप हुन्छ सबैथोक हुन्छ । अनि न मान्छेले सिक्छ,उपेन्द्र महतो तराईमै बसिरहेका भए आज पान बेच्दै हुन्थे। काठमाडौ आए, यस्तै बजारहरुबाट सिके अहिले ठुला ब्यापारी भए’, उनले भने । त्यस्तै उनले अमेरिका जस्तो विकशित मुलुकमा समेत गाँजा खुला गरिएको भन्दै नेपालमा भने प्रहरीले फाँड्ने गरेकोमा रोष प्रकट गरे। उनले भने, हामी शिवजीका सन्तान हौं,गाजा रोप्नै पर्दैन,गरिखाउ भनेर शिवजीले दिए । ’गाँजा पनि कृषि उत्पादन मध्येकै हो। यसबाट पनि आम्दानी गर्न सकिन्छ । बिदेशिलाई गाँजा बेच्नै पर्दैन,सुँघाएरै पैसा लिन मिल्छ,पैसा त कति आउँछ कति’, उनले भने । हरित कृषी सहकारीले झन्डै १०० वटा स्टल सहित सामाखुशीमा हरित सामुदायिक कृषि बजार शुरु गरेको छ ।
यो समाचार नागरिकबाट साभार गरिएको हो ।