३ नम्बर प्रदेशको बजेट अधिवशेन आजबाट सुरु

गुगलपाटी संवाददाता
३० बैशाख २०७६ ०५:५४

हेटौंडा : ३ नम्बर प्रदेशको बजेट अधिवशेन आजबाट सुरु हुने भएको छ । बजेट निर्माण गर्न प्रदेश सरकारले विभिन्न क्षेत्रमा छलफल सुरु समेत गरिसकेको छ । प्रदेश सरकारले यो आर्थिक वर्षमा करिब ५० अर्बको बजेट ल्याउने तयारी गरेको छ ।
अबको बजेट अधिवेशनमा प्रि–बजेटमा छलफल हुने छ । प्रदेश सभाको वर्षे(वजेट) अधिवेशन सञ्चालनको लागि आइतबार कार्य व्यवस्था परामर्श समितिको वैठक बसेको छ । वैठकमा प्रदेश सभामा राजधानीको मुद्दाको विषयलाई कसरी र कहिले प्रवेश गराउने भन्ने विषयमा बढि चर्चा भएको थियो । प्रदेश सभामा अबको अधिवेशनमा आज जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक पेश गर्ने, प्रदेश बीउ विजन सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक माथि समितिले बनाएको प्रतिवेदन पेश गर्ने, प्रादेशिक कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि समितिले तयार पारेको प्रतिवेदन पेश गर्ने सम्भावित कार्य सुचि रहेको छ ।