३ नम्बर प्रदेशको विनियोजन विधेयक संसदमा

गुगलपाटी संवाददाता हेटौंडा
१ जेष्ठ २०७६ ११:०८

३ नम्बर प्रदेशको विनियोजन विधेयक,२०७६ को सिद्धान्त र प्राथमिकता संसदमा पेश भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढु·लले संसदमा पेश गरेका हुन् । विधेयक ‘प्रदेश समृद्धिको आधारःश्रम सिर्जना,उत्पादन र रोजगार’ भन्ने नाराको साथ विधेयक ल्याइएको मन्त्री ढुङ्गेल बताएका छन् ।

विनियोजन विधेयकमा भ्रष्ट्रचारमा निवारण सम्बन्धी प्रदेश रणनीतिलाई कडाईका साथ कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ । विधेयकका अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाले प्रदेश भित्र कार्यक्रम गर्दा प्रदेशको अनुमति अनिवार्य तथा उक्त लागतलाई प्रदेशको आर्थिक विवरणमा आवद्ध गराउने उल्लेख गरिएको छ । बजेटको मार्ग निर्देशकको नाम दिइएको उक्त विधेयकमा गुणस्तरीय शिक्षालाई उच्च प्राथमिकता, प्रदेशको स्वास्थ्य क्षेत्रमा अन्र्तराष्ट्रिय स्तरको सेवा, प्रदेशलाई औद्योगिक प्रदेशको रुपमा विकास गर्ने योजना रहेको छ ।

आज भएको प्रदेश सभाको वैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले चीन भ्रमणको बारेमा जानकारी गराएका छन्   ।