संसदमा प्रि–बजेटमा छलफल

गुगलपाटी संवाददाता हेटौंडा
२ जेष्ठ २०७६ ११:१०

विहिबार नै बसेका प्रदेश सभाको वैठकमा प्रि बजेट अर्थात विनियोजन विधेयक,२०७६ को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको छ । छलफलमा ८ जना प्रदेश सभा सदस्यहरुले सिद्धान्त र प्राथमिकता बारेमा बोलेका थिए । प्रदेश सभा सदस्यहरु ओम ग्लान,कञ्चन खनाल,कल्पना नेपाली, कुसुम कुमार कार्की, कृष्ण प्रसाद भुर्तेल, केशवराज पाण्डे, गणेश प्रसाद दुलाल र गिता वाग्लेले बोलेका थिए । यस अघि सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराज जम्मकट्टेलले महालेखा परिक्षकको प्रतिवेदन पेश गरेका थिए ।

यस्तै आजै भएको प्रदेश सभाको वैठकमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पेश गरेका “प्रदेश विउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” प्रतिवेदन सहित पारित भएको छ । यस्तै मन्त्री लामाले नै पेश गरेका “प्रादेशिक कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक ” पनि पारित भएको छ ।