सञ्चार साधन सहित हेटौंडाका पत्रकार आन्दोलनमा
गुगलपाटी संवाददाताहेटौंडा ; हेटौंडाका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । प्रदेशको राजधानी हेटौंडामा पत्रकारहरु मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रा विरोधी प्रावधानहरु हटाउन आन्दोलनमा उत्रिएका हुन् । पत्रकार महासंघ मकवानपुरको आयोजनामा जिल्लामा क्रियाशिल पत्रकारहरुले सञ्चार साधनहरु क्यामरा, डायरी, कलम, ल्यापटप लगायत सामाग्री सहित हेटौंडाको सिमाचोक देखि। मकवानपुर उद्योग वाणिज्य संघ सम्म ¥याली गरि पुनः सिमाचोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभाको सम्बोधन गर्दै ३ नम्बर प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप विष्टले लोकतन्त्रको रक्षामा प्रेस स्वतन्त्रताको भुमिका महत्वपुर्ण हुने भएकोले प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन पत्रकार महासंघ लागेको बताए । महासंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश पत्रकार महासंघका महासचिव कृष्ण सारु मगर लगायतको उपस्थिती रहेको थियो ।