कर्रा संरक्षणका लागि सरोकार समिती गठन
गुगलपाटी संवाददाताहेटौंडाः हेटौंडा उपमहानगरपालिका १० कर्रा बस्ती बचाउ अभियानका लागि सरोकार समिती गठन गरिएको छ । बस्तिका सरोकारवालाहरुको भेलाले आशाकाजी श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय समिती गठन गरिएको हो ।
टोल विकास संस्थाका अध्यक्षहरु पदेन सदस्य चयन गरिएका छन् । भेलामा वडा सदस्यहरु ईन्द्रप्रसाद नेपाल, धर्म बस्नेत र साधना श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
आगामी बर्षका लागि आवश्यक बजेट विनियोजन गरी कर्रा बस्ती संरक्षणका लागि प्रदेश ३ का मन्त्रालयहरुमा पहल गरिने समितिका संयोजक श्रेष्ठले बताए ।