योजना आयोगको उपाध्यक्षमा कँडेल नियुक्त
गुगलपाटी संवाददाता काठमाडौं,११ बैशाखमन्त्रीपरिषदको मंगलबारको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राडा पुष्प कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
एमाले पार्टीको केन्द्रिय लेखा आयोगका अध्यक्ष समेत रहेका कँडेलसँगै आयोगका सदस्यहरुमा कृष्णप्रसाद ओली, उषा झा, दिलकुमार गुरुङ, सुशील भट्ट मीनबहादुर शाही र रामकुमार फुँयाललाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९पहिलो संशोधन० अध्यादेश, राष्ट्रिय सभा निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
यस्तै बैठकले सरकारी तथा उच्चपदस्थ व्यक्तिहरुको वैदेशीक भ्रमण निर्देशिका स्वीकृत गर्ने तथा सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पठाउने समेत निर्णय गरेको छ। त्यसै गरी सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको नेपाल सरकारका प्रवक्ता एवं सूचना राज्यमन्त्री गोकुल वाँस्कोटाले जानकारी दिएका छन्।