१० हजार घुस सहित पहरी पक्राउ
गुगलपाटी संवाददाता काठमाडौंसशस्त्र प्रहरी बलको ४१ नम्बर गुल्म हेडक्वार्टर बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसी १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
ब्यापारीसँग मासिक नगद नबुझाए सामान जफत गरी थुनिदिने धम्की दिएर घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।
व्यापारीसँग घुस लिइसकेको अवस्थामा बुटवलको टप टेन मम एण्ड खाजाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।