फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

गुगलपाटी संवाददाता
११ जेष्ठ २०७६ १५:१९

जेष्ठ, ११ / हेटौँडा मकवानपुरको हेटौँडामा शुक्रवार देखि सुरु भएको राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिवार सम्पन्न भएको छ । प्रदेश तीनका प्रतिपक्षि संसदिय दलका नेता ईन्द्र वहादुर वानियाको आतिथ्यमा समापन भएको हो ।  नेता  वानियाले कराते खेल आत्मारक्षाका लागि खेलिने भए पनि , खेल क्षेत्रले यूवाको शारीरिक विकास हुनका साथै कुलतमा फस्ने संभावना नहुने भएकाले अति आवश्यक रहेको वताए ।

प्रतियोगितामा ६० केजि तौल मुनि काठमान्डौका सन्तोष कुमार लामा प्रथम ,स्यङजाका कमल हिताङ दितिय,मकवानपुरका विनोद थापा तृतिय,पर्साका प्रिन्स कुमार यादव उत्कृष्ट भएका थिए । ६०केजी माथि कास्कीका रुपक नेपाली प्रथम,विनय सिहं ललितपुर दितिय , ललितपुरकै रविन राना तृतिय तथा काठमाण्डौँका संजय थापा मगर उत्कृष्ट खेलाडि घोषित भएका थिए ।

महिला तर्फ काठमाण्डौँकी निशा वोहोरा प्रथम , ललितपुरकी सुजिता राई दितिय हुदा स्यङजाकी कल्पना एस. के. तृतिय भएकी थिईन भने महिला तर्फ मकवानपुरकी निर्मला लो उत्कृष्ट घोषित भएकी छिन् ।


विजयी प्रथम हुने खेलाडीले नगद पच्चिस हजार,शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरेका छन् भने दितिय हुनेहरुले नगद पन्द्र हजार,शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरेका छन् त्यस्तै तृतिय हुनेहरुले नगद दश हजार,शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ट हुने खेलाडिहरुले नगद पांच हजार,शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरेको । कार्यक्रममा देश भरका १८० भन्दा वढी खेलाडीहरुको उपस्थिति रहेको आयोजक बुद्धिनाथ न्यौपानेले बताए । कार्यक्रम संघका अध्यक्ष कमल बरालको अध्यक्षतामा तथा पाकोका अध्यक्ष सुदर्शन खतिवडाको सहकार्यमा भएको हो