बेजोसककी पूर्व पत्नीले आधा सम्पत्ति दान गर्ने

गुगलपाटी संवाददाता वासिङटन
१५ जेष्ठ २०७६ ०७:५७

जेफ बेजोसकी पत्नी म्याकेन्जी बेजोसले आफ्नो सम्पत्तिको आधा परोपकारी काममा दान गर्नका लागि विश्वका धनी मानिसहरुसँग आफ्नो सम्पर्क बढाएकि छन् ।
वारेन बफेट र बिल तथा मेलिन्दा गेट्सले २०१० मा सुरु गरेको ‘द गिभिङ प्लेज’ले बेजोसको प्रतिबद्धताको बारेमा मंगलबार जानकारी गराएको हो ।

बेजोस अमेजनका सीईओ जेफ बेजोससँग डिभोर्स भएपछि विश्वकै धनी महिला बनेकी थिइन् । यद्यपि जेफ बेजोसले ‘गिभिङ प्लेज’ मा हस्ताक्षर गर्न बाँकिनै रहेको छ । उनले पूर्व पत्नीको यो कदमलाई राम्रो र उत्कृष्ट भएको बताएका छन् ।
म्याकेन्जीले आफुzले जेफ बेजोसलाई अमेजनको ७५ प्रतिशत सेयरका साथै वासिङटन पोष्ट र ब्लू ओरिजन स्पे स छोडेको बताएकि छन् । यद्यपि उनीसँग अझैपनि ३६.६ अर्ब डलरको सम्पत्ति रहेको छ । यो सम्पत्ति सहित उनी ब्लूमबर्गको अर्बपतिको सूचीमा २२ औं धनी भएकी छन् । उनका पूर्व पति ११४ अर्ब डलरको सम्पत्ति सहित अभैmपनि विश्वकै धनी रहेका छन् ।
जेफ बेजोसले आफ्नी पूर्व पत्नीको प्रतिबद्धताप्रति मंगलरबार ट्वीटमार्फत प्रशंशा गरेका छन् ।
हाल म्याकेन्जी आफ्नो आधा सम्पत्ति आफ्नो जीवनकाल वा मृत्यूपछि दान गर्ने २३ मुलुकका २०४ मानिसको अंश भएकि छन् ।