प्रदेश ३ का मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

गुगलपाटी संवाददाता
२० जेष्ठ २०७६ ०७:५४

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल भर्ना भएका छन् । मुटुको नियमित परिक्षणका लागि मुख्यमन्त्री पौडेल काठमाण्डौंको शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आईतबारबाट भर्ना भएको उनका प्रेस संयोजक प्रकाश दाहालले बताए ।
अस्पतालका विषेशज्ञ चिकित्सकरुको टोलीले उनको स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने उनका प्रेस संयोजक दाहालले जानकारी दिए । अस्पताल भर्ना भएसंगै एकहप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको उनले बताए ।
७३ वर्षीय पौडेल प्रदेशसभा ३ का सबैभन्दा जेष्ठ सदस्य पनि हुन् ।