राज्यव्यवस्था समिति बैठकमा मन्त्री पण्डित आज पनि अनुपस्थित
गुगलपाटी संवाददाता काठमाडौँलोकसेवाकाे आयाेगले गरेकाे विज्ञापनका विषयमा सरकारको धारणा बुझ्न दोस्रो पटक बोलाएको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा पनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित भएका छन् ।
शुक्रबार बिहान बोलाएको बैठकमा समितिका सदस्यहरुले लोकसेवाले माग गरेको विज्ञापन खारेज गर्न आयोगलाई निर्देशन दिनुपर्ने धारणा राखेका छन्। सांसदहरुले मन्त्री पण्डित समितिप्रति जवाफदेही नभएको आरोप लगाएका छन्।