आगामी आवभित्रै मुलुक विद्युतमा आत्मनिर्भर बन्छ : अर्थमन्त्री

गुगलपाटी संवाददाता काठमाडौं
२४ जेष्ठ २०७६ ०८:५०

 अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरेका छन्।

अर्थमन्त्री खतिवडाले उत्पादन वृद्धि गर्दै मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको पनि स्पष्ट पारे।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उत्पादन वृद्धि गर्ने, निर्यात व्यापारलाई बढाउँदै लैजाने विधिबाटै व्यापार घाटालाई कम गर्न सकिने पनि दोहोर्‍याए।

अर्थमन्त्री खतिवडाले मुलुकको व्यापार घाटा कम हुने गरी उत्पादन वृद्धि गर्न केन्द्रित हुन पनि प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे।

जनताको अपेक्षालाई सम्बोधन गर्न पनि वृद्ध भत्तासहितका सामाजिक सुरक्षा भत्तालाई बढाउनु परेको उनको भनाइ थियो।