तात्दै हिमनदी : २०० मिटर तलसमेत तापक्रम माइनस ३.३ डिग्री मात्र
गुगलपाटी संवाददाता काठमाडौंखुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रूपमा तापक्रम बढी रहेको पाइएको छ । हिमनदीको दुई सय मिटर गहिराइसम्म प्वाल पारेर पहिलो पटक गरिएको अध्ययनबाट सगरमाथा आधार शिविरदेखि खुम्बु हिमनदी टर्मिनल मोरेनसम्मको तापक्रम माइनस ३.३ डिग्री सेल्सियस रहेको नयाँ तथ्य फेला परेको हो ।
यसबाट (१ वा २ डिग्री) तापक्रम बढ्नेबित्तिकै हिमनदीभित्रको बरफ छिटो पग्लिने, बगेर नयाँ हिमताल बन्ने र यसले बाढीको जोखिम देखिएको विज्ञहरूले बताएका छन् ।