पत्रकारको मुखमा प्रहरीले पिसाब फेरेपछि….
गुगलपाटी संवाददाता एजेन्सीभारतको उत्तर प्रदेशको शामली जिल्लामा रेलवे लीगबाट बाहिरिएको मालवाहक रेलको घटनाको समाचार बनाउने एक पत्रकारलाई प्रहरीले दुर्व्यवहार गरेको छ ।
दुर्व्यवहार गर्ने जीआरपी एसएचओ राकेश कुमार र हवल्दार सञ्जय पवारलाई निलम्बित गरिएको छ ।
यी दुई प्रहरी अधिकारीले पत्रकार अमित शर्मासँग दुर्व्यवहार गरेको र अमानवीय काम गरेको आरोप छ । बुधवार बिहान पत्रकारहरूले आरोपित अधिकारीका विरुद्ध प्रदर्शन गरेका थिए ।
पीडित पत्रकार अमित शर्माका अनुसार, प्रहरी अधिकारीहरूले उनलाई कुटपिट गर्दै हिरासतमा लिए । हिरासतमा उनको कपडा खोलियो अनि उनको मुखमा पिसाब गरियो ।
प्रहरीहरू सादा पोशाकमा थिए र उनीहरूले घटनास्थलमा नै पत्रकारमाथि गालीगलौज र कुटपिट गरेका थिए । उनीहरूले पत्रकारको माइक पनि खोसेका थिए ।
प्रहरीले आफ्नो क्यामरा खोसेको र क्यामरा झरेको अमित शर्माको आरोप छ । क्यामरा उठाउन झुक्दा सादा पोशाकका एक प्रहरीले कुटपिट गरेको र फोहरी गाली गरेको उनी बताउँछन् । रेलवेको एउटा खबर पहिला छापेको आधारमा प्रहरीहरू उनीसँग रिसाएको कुरा छ ।
प्रहरी अधिकारीहरूलाई निलम्बित गरिएको छ ।