सकियो प्रदेशसभाको पहिलो अधिवेशन
गुगलपाटी संवाददाता हेटौंडा,१४ बैशाखप्रदेश नम्बर तीनको प्रदेशसभाको प्रथम अधिवेशन शुक्रबार सकिएको छ । बैठकलाई सम्बोधन गर्दै तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धि र विकासलाई पहिलो एजेण्डा बनाएर सरकारले काम गरिरहेको बताउनुभयो ।
उहाँले प्रदेश तीनमा रहेको १३ जिल्लाकै सम्भाब्यता अध्ययन गरी विकासका आयोजनाहरु सञ्चालन गरिने बताउनुभयो । १३ जिल्लालाई नै जोड्न सडक, रेल र सुरुङ मार्ग निर्माण पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।
प्रदेश प्रमुख अनुराधा कोईरालालेले पठाएको पहिलो अधिवेशन सकिएको बारे पत्र सभामुख सानुकुमार श्रेष्ठले पढेर प्रदेशसभा बैठकमा सुनाएको थियो । प्रदेश सभाको दोस्रो अधिवेशन सुरु हुनेबारे कुनै तिथि नतोकिएको संसद सचिवालयले जनाएको छ ।प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक माघ २७ गते आह्वान भएको थियो ।