मैत्रीबाल अस्पतालमा शिशुको मृत्यु प्रकरणः दोषिमाथि कारबाही गर्न माग

गुगलपाटी संवाददाता काठमाडौं
३१ जेष्ठ २०७६ १०:१२

 मैत्रीबाल अस्पतालमा उपचारको क्रममा एक ५ महिने शिशुको मृत्यु भएपछि पीडित परिवार तथा आफन्तले दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

हेटौडा बस्ने नितिन श्रेष्ठको ५ महिने छोरीलाई ज्वरो आएपछि जेठ २१ गते मैत्री बाल अस्पतालको आईसियूमा भर्ना गरिएको थियो ।

उपचारबाट स्वास्थ्यमा सुधार आएको भनिएपनि शिशुको जेठ २६ गते एकाएक निधन भएपछि परिवार अहिले तनावमा छन् । पीडित परिवारले अस्पतालको गल्ती भएको गल्तीले शिशुको मृत्यु भएको आरोप लगाएका छन् ।

अस्पतालले २६ गते शिशुको ढाडबाट पानी झिकेपनि २४ गतेको मिति राख्नु, शिशुको निधन भएको धेरै समयपछि जानकारी गराउनुले आशंका उत्पन्न भएको पीडित परिवारले जनाएको छ ।

आफन्तले अहिले घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने माग गर्दै प्रहरी र नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका छन् ।

यता अस्पतालले भने शिशुमा मुटुको समस्याको कारणले मृत्यु भएको जनाएको छ । यद्यपि अस्पतालले थप कुरा बताउन चाहेन ।

अस्पताल प्रशासनकी सिर्जना आचार्यले काउन्सिलमा मुद्दा दर्ता भएको हुँदा काउन्सिलबाट आएको निर्देशनलाई अस्पतालले पालना गर्ने बताइन् ।

शिशुको मृत्यु अस्पतालको गल्ती या अरुनै कारणले भएको हो भन्ने कुरा काउन्सिलको रिर्पोट आए पछि मात्रै थाहा थाहा हुने उनको भनाई छ । स्रोत स् रातोपाटी