बकैयामा सार्वजनिक सुनुवाई
गुगलपाटी संवाददाताबकैया : बकैया गाउँपालिकाको आयोजना र एस.एम.एस मिडिया प्रालिको संयोजनमा बकैया गाउँपालिकाको वडा नम्बर—४ मा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बकैया गाउँपालिकाले सेवा प्रदायक निकाय र सेवाग्राहीहरूबीच गाउँपालिकाको कामलाई पारदर्र्र्शी र सेवाग्राहीलाई काममा सहजीकरण गर्ने उद्देश्यले आयोजना गरेको गाउँपालिका उपाध्यक्ष सरला बोलखले बताईन् ।
कार्यक्रममा एस.एम.एस मिडियाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्णसारु मगरले गाउँपालिकाले गरेको काम,सेवाग्राहीहरुको बुझाई र विकास निमार्णको स्थितीबारे गरेको स्थलगत सर्वेक्षणको बारे कार्यपत्र प्रस्तुत गरेका थिए भने बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले आर्थिक वर्ष २०७४÷७५ मा गरेको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमका उपस्थित गाउँबासिले गाउँपालिकाका कार्यलयमा कर्मचारी समयमा उपस्थित नहुने र काममा ढिलासुस्ती हुने गरेको र आम जनताले सास्ती पाईरहेको, शिक्षामा प्रर्याप्त बजेट तथा शिक्षक नहुँदा विद्यालय सञ्चालन गर्न समस्या उत्पन्न भएको, बिकासका योजनामा रकम उपलब्ध गराउन नसकेको, लाजपुर्जा विहिनलाई लाजपुर्जा दिलाइदिन माग जस्ता समस्याहरु राखेका थिए ।
सो गुनासोेलाई गाउँपालिका अध्यक्ष दामोदर खनाल,उपाध्यक्ष सरला बोलखे,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, बडा अध्यक्षहरु लगायत गाउँपालिकाका पदाधिकारीहरुले सेवाग्राहीले उठाएका प्रश्नको जवाफ दिएका थिए । गाउँपालिका उपाध्यक्ष दामोदर खनालले जनताको सुखदुखमा सधै साथ रहेर काम गर्ने बताउदै गाउँपालिका सस्मयालाई सहज बनाउन कटिबद्ध भएर लागिरहेको वताएका थिए । जनताको काममा ढिलाई हुनु जनप्रतिनिधिको नभई कर्मचारी पर्याप्त नहुनाले यस्तो समस्या आएको भन्दै आउदाँ दिनहरुमा यस्ता समस्याहरुलाई समाधान गर्दै जाने प्रतिबद्धता समेत ब्यक्त गरे ।
सो कार्यक्रममा स्थानिय बुद्धिजिविहरुले दल बहादुर वाइवा,लोकनाथ गौतम,वेल प्रसाद दाहाल लगायतले गाउँपालिकाले गरेका कामको प्रशंसा गरेका थिए । गाउँपालिकाको विकासमा सबै संग हातेमालो गर्दै अगाडि जानको लागि आग्रह समेत गरेका थिए